दाङ,
२७-पुस/ स्थानिय निकायले जनयुद्ध,जनआन्दोलनका सहिद तथा वेपत्ता परिवारको निशुल्क स्वास्थ्य बिमा गर्ने काम सुरु गरेका छन् । बिमा गर्ने काम घोराही उपमहानगरपालिको वडा नं. १४ र १७ सुरु भएको हो । आर्थिक वर्ष २०७८/०८९ मा यी वडाहरुले बजेट व्यवस्थापन गरी उनिहरुको स्वास्थ्य विमा सुरु गरेको घोराही उपमहानगरपालिका वडा नं. १४ का अध्यक्ष शक्तिराम डाँगीले जानकारी दिए ।

वडामा रहेका द्धन्द्ध पिडीतहरुको तथ्याङक संकलन गरी बिमा गराउँने काम भईरहेको अध्यक्ष डाँगीले जानकारी दिए । वडा नं १४ मा रहेका १८ घर परिवारका करिब एकसय जनाको बिमा गर्नेकाम जारी रहेको उनको भनाई छ । यस्तै वडा नं. १७ मा ३० घर परिवारका एकसय ५० जनाको विमा भईसकेको वडा नं.१७ का अध्यक्ष खुशीराम चौधरीले जानकारी दिए । अन्य बाँकी भएका द्धन्द्ध पिडीतको तथ्याङक संकलन गर्ने कार्य दुवै वडाले जारी राखेका छन् । बिमा बनाउँदा ५ परिवार बरावर तीनहजार पाँच सयका दरले रकम बुझाउँनु पर्ने व्यवस्था छ ।

बाँकी पाँच जना भन्दा माथी प्रति व्यक्ति व्यक्ति थपिए सात सयका दरले विमा रकम थप्दै जानुपर्ने हुन्छ । बिमा गरे वाफत विमितहरुले वार्षिक एक लाख रुपैयाँ उपचार खर्च पाउँने वडा कार्यालयले जनाएको छ । कार्यक्रमको उद्घाटन गर्दे वडा अध्यक्ष शक्तिराम डाँगीले वडाको निःशुल्क स्वास्थ्य विमा कार्यक्रमले सहिद तथा वेपत्ता परिवारको स्वास्थ्य उपचारमा गर्न सहयोग पुग्ने बताए । कार्यक्रममा पूर्व जनमुक्ति सेनाका घाईते सहदेव थारु (विहानी) लगायतले बोलेका थिए । कार्यक्रमको संचालन वडा नं. १४ का सचिव तिलराम डिसीले गरेका थिए ।

प्रतिकृया

प्रतिकृया