काठमाडौँ,
२९-पुस/ सरकारले आजदेखि सिंहदरबार प्रवेशमा कडाइ गरेको छ । गृह मन्त्रालयले ओमिक्रोन भेरियन्टको जोखिमलाई हेरेर सबै मन्त्रालय, निकाय, सचिवालय, आयोगले जारी गरेका स्थायी र अस्थायी पास तथा अस्थायी परिपत्रपत्र खारेज गरेको जनाएको छ ।

मन्त्रालयले कुनै पनि निकायले अब नयाँ अस्थायी पास वा परिपत्रपय जारी गर्नु परेमा गृहको पूर्वसहमति लिनुपर्ने बुधबार जारी सूचनामा उल्लेख छ । सिंहदरबार प्रवेशका लागि सरसफाइसँग सम्बन्धित व्यक्तिहरुको हकमा यसअघि जारी भएकै पासका आधारमा प्रवेश पाउने छन् भने पत्रकारले सूचना विभागको कार्डले प्रवेश गर्न पाउने भएका छन् ।

प्रतिकृया

प्रतिकृया