रुकुम,
२९-पुस/ रुकुम पश्चिममा बिहीबार बेलुका चट्याङ्ग लागेर चार जना घाइते भएका छन् । जिल्लाको त्रिवेणी गाउँपालिका-९ की ४० वर्षकी रेवती कामी, त्यही गाउँपालिकाका ७३ वर्षका वीरपत खड्का, ५३ वर्षकी मनकला ओली र ३४ वर्षकी झरना डाँगी चट्याङ्ग लागेर घाइते भएका जिल्ला प्रहरी कार्यालय रुकुमले जनाएको छ ।

घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको प्रहरीले बताएको छ । घाइतेमध्ये वीरपत, मनकला र झरनाको अवस्था गम्भीर भएपछि उपचारका लागि जिल्ला अस्पताल सल्ले लगिएको छ । रेवतीको भने स्थानीय मेडिकलमा उपचार भइरहेको छ । चट्याङ्ग लागेर त्रिवेणी गाउँपालिका-७ का गुमानसिंह ओलीको घरमा सामान्य क्षति पुगेको छ भने त्रिवेणी गाउँपालिका(९ का मानसिङ केसीका तीन ओटा बाख्रा मरेका छन् ।

प्रतिकृया

प्रतिकृया