बाँके,
११-माघ/ बाँकेको नेपालगञ्जमा एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । नेपालगञ्ज उपमहानगरपालिका वडा नं.२ की ७० वर्षीया महिलाको मंगलबार बिहान पौने ८ बजे मृत्यु भएको स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ ।

माघ ८ गते नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा गरिएको पीसीआर परीक्षण रिपोर्ट पोजेटिभ आएपछि ती महिलालाई भोलिपल्ट भेरी अस्पतालमा उपचारका लागि भर्ना गरिएको थियो । उनको मृत्युसँगै कोरोना संक्रमणबाट बाँके जिल्लाका मृतकको संख्या ३४६ पुगेको छ ।

प्रतिकृया

प्रतिकृया