घोराही
२७ फागुन/ सल्यान जिल्लाको त्रिवेणी गाउँपालिका वडा नंम्वर ५ की विमला गिरीलाई तल्लो पेट दुख्न थाल्यो । १/१ वटा छोरा छोरी हुर्काइ सकेर तेस्रो सन्तान कान्छो छोराको जन्मपछि २०६७ सालदेखी उनिलाई तल्लो पेट दुख्ने समस्याले सताउन थाल्यो ।उनिलाई यो समस्याले ११ वर्षसम्म सतायो ।

उपचारको क्रममा चेकजाच गर्दा पाठेघरमा घाउ भएकाले पेट दुख्ने गरेको पत्ता लाग्यो । २०६७ सालदेखी उनले उपचारकै क्रममा स्थानिय अस्पतालदेखी काठमाडौ उपत्यकाका विभिन्न अस्पतालसम्म धाईन ।नियमित रुपमा औषधी खानुभयो तर उनको स्वास्थ्यमा कुनै सुधार आउन सकेन् । यहि क्रममा ३८ वर्षिय गिरी घोराहीको बुद्ध हस्पिटलमा पुग्दा अहिले उनको सफल उपचार भएको महशुस उनले गरेकी छिन ।

पाठेघरको दुखाईबाट ग्रसित हुनुभएकी गिरीले भनिन्,–‘वर्षौदेखी औषधी खादा खादा थकित भैसकेको थिए । यस्तो हुदा हुदै क्यान्सर पो भाईहाल्छ की भन्ने मनमा अर्को चिन्ताले सताउथ्यो । साझ निद्रा लाग्दैन्थ्यो । पाठेघरभित्रको घाउ हेर्न पनि नसक्ने, दुख्ने र सताउने मात्रै हुथ्यो । उपचारको क्रममा काठमान्डुको थापाथलीबाट २ वर्ष औषधी खाए ।

सल्यान तथा नेपालगञ्जका अस्पतालसम्म पनि पुगे । त्यसपछि तिन महिना पहिले घोराहीको बुद्ध हस्पिटलमा आई पुगे । तिन महिनासम्म पनि औषधी खाएर निको नभएपछि दुर्बिन विधीबाट अप्रेसन गरियो । त्यसपछि अहिले अप्रेसन भएको केही दिनमै सहज महशुस भएको छ,–उनले भनिन् ।

त्रिवेणी गाउँपालिका वडा नंम्वर ५ को महिला वडा सदस्य समेत रहनुभएकी विमला गिरीको पाठेघरको अप्रेसन टोटल ल्याप्रोसकोपी हिस्ट्रेरिकटोमी (टिएलएच) विधिबाट गरिएको हो । यो टोटल ल्याप्रोसकोपी हिसट्रेरिकटोमी विधिबाट पश्चिम नेपालमै पहिलो पटक अप्रेसन गरिएको बुद्ध हस्पिटल प्रालीका प्रमुख कार्यकारी अधिकृत बालाराम शर्माले जानकारी दिएका छन ।

स्त्री तथा प्रसुती रोग विशेषज्ञ डा. बिमला तिवरीको तेतृत्वमा एनेस्थेसिया डा.प्रकाश कार्की, सर्जन रमेश बस्नेत तथा नर्सहरुको सक्रियतामा उनको अप्रेसन सफल भएको प्रमुख कार्यकारी अधिकृत शर्माले जानकारी दिएका हुन ।

स्त्री तथा प्रसुती रोग विशेषज्ञ डा. बिमला तिवरीले दुर्विन विधीबाट अप्रेसन गरेर पाठेघर नै निकालेको पश्चिम नेपालमै पहिलो पटक भएको बताएकी छिन। चिरेर गरेको भन्दा ल्याप्रोसकोपी विधिबाट अप्रेसन गर्दा विरामीलाई हुने दुखाई तथा घाउहरु न्युन हुने उनले बताईन।

अप्रेसनमै करिव ६ घण्टा खर्चिएको बताएकी छिन । अप्रेसन गरेको दुई, तिन दिनमै विरामीलाई अप्रेसन गरेको महशुस नहुने बताएकी छिन ।

चिरेर अप्रेसन गर्दा यस्को तुलनामा पैसा थोरै खर्च भएपनि ल्याप्रोसकोपी र हार्मोनिक प्रविधीबाट अप्रेसन गर्दा विरामीलाई निकै सहज हुने र चाडै निको हुने भएकाले दाङसहित छिमेकी जिल्लाका विरामीहरुका लागी यो विधिको अपरेसन बरदान सावित भएको बताईन ।

अप्रेसनपछि विमला गिरी:
ल्याप्रोसकोपी विधिबाट सफल अप्रेसनपछि गिरी खुशी भएकी छिन। औषधी खादा खादा करिव ४ लाख रुपैयाँ खर्च भैसकेको बताउदै गिरीले अहिले अप्रेसन गर्दा अप्रेसन चार्ज ४५ हजार सहित १ लाख १५ हजार रुपैयाँ मात्रै खर्च भएकोले कम खर्चमै सफल उपचार पाउदा खुशी लागेको बताएकी छिन। दाङ्मै यस्तो सुबिधा पाएर सफल उपचार भएकोमा खुसी व्यक्त गरेकी छिन।

प्रतिकृया

प्रतिकृया