घोराही,
१४-चैत/ दाङमा नेकपा एमालेका वडा अध्यक्ष नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । जिल्लाको बंगलाचुली गाँउपालिका वडा नम्बर ३ का एमाले अध्यक्ष दिलबहादुर के।सी नेपाली कांग्रेसमा प्रवेश गरेका हुन् । उनीसँगै सोही वडाका एमाले सचिव रुपेश केसी पनि कांग्रेसका प्रवेश गरेका छन् ।

त्यसैगरी माओवादी केन्द्रका वडा सदस्य किरण केसी पनि नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । उनीहरुलाई सोमवार नेपाली कांग्रेसका जिल्ला सभापति शंकरप्रसाद डाँगीले पार्टी कार्यालय घोराहीमा टिका र खादा लगाएर कांग्रेसमा स्वागत गरेका थिए । नेपाली कांग्रेसको बिचार र कांग्रेसको कामप्रति प्रभावित भएर पार्टि प्रवेश गरेको नवप्रवेशीहरुले बताएका थिए ।

प्रतिकृया

प्रतिकृया