रुकुम,
२२-चैत/ रूकुम पश्चिमको आँखा उपचार केन्द्र सल्लेमा भएको निःशुल्क आँखा शिविरमा ९९ जना मोतियाविन्दुका विरामीहरुको शल्यक्रिया गरिएको छ ।

           


नेपाल नेत्रज्योति संघ, राप्ती आँखा अस्पताल तुलसीपुरको प्राविधिक सहयोग, आँखा उपचार केन्द्र सल्ले रूकुम पश्चिमको आयोजनामा दुई दिने शिविरमा ९९ जनाको शल्यक्रिया गरिएको हो । नेपाल सरकारको आर्थिक सहयोग तथा मुसिकोट नगरपालिकाको स्थानीय ब्यबस्थापनमा भएको आँखा शिविरमा ४६६ जनाको आँखा जाँच गरिएको थियो ।

जस मध्य ९९ जना मोतियाविन्दुका विरामीहरूको निःशुल्क शल्यक्रिया गरिएको हो । नेत्र विशेषज्ञ डा। शुरेस रसाइलीको नेतृत्वमा रहेको प्राविधिक टोलिले सेवा दिएको नेत्र अधिकृत शालिकराम गौतमले जानकारी दिए । घर आगनमै निःशुल्क आँखा चेकजाँच तथा शल्यक्रिया सेवा पाएकोमा स्थानीयहरुले खुसी व्यक्त गरेका थिए ।

 

प्रतिकृया

प्रतिकृया