रोल्पा,
२९-चैत/ रोल्पामा २८ बढी मतदाता थपिएका छन् । २०७४ सालको स्थानीय तहको निर्वाचनमा जम्मा १ लाख १७ हजार २ सय ६१ संख्या रहेको रोल्पामा अहिले बढेर १ लाख ४५ हजार ४ सय ४४ पुगेको हो ।

जसमध्ये पुरुष ७१ हजार ९ सय ३४ र महिला ७३ हजार ५ सय १० रहेको जिल्ला निर्वाचन अधिकारी धृताकुमारी केसीले जानकारी दिए । जिल्लाका स्थानीय तहगत विवरणमा हेर्दा सबैभन्दा धेरै मतदाता रोल्पा नगरपालिकामा रहेका छन् भने सबैभन्दा कम थबाङ गाउँपालिकामा रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

प्रतिकृया

प्रतिकृया