देविराम कुसारी,दंगीशरण
७-जेठ/ दंगीशरण गाउँपालिकाका नयाँ निर्वाचित जन प्रतिनिधिहरुले शुक्रबार एक समारोहका बीच पदभार तथा सफत ग्रहण गरेका छन् । दंगीशरण गाउँपालिकाको आयोजनामा भएको समारोहमा पालिकाका कार्यकारी अधिकृत खिमबहादुर वलीले गाउँपालिकाका प्रमुख शम्भु गिरी, उपप्रमुख पिमा खड्कालाई कार्यकक्षमा पद भार ग्रहण गराएका थिए ।

पालिकाको सभामहलमा आयोजना भएको एक अर्को समारोहमा प्रमुख गिरीले उपप्रमुख खड्का लगायत सात वटै वडाका जन प्रतिनिधिहरुलाई सफत ग्रहण गराएका थिए । यसैबीच नयाँ जननिर्वाचित प्रतिनिहरुलाई स्वागत तथा सम्मान गरिएको छ । पालिका प्रमुख शम्भु गिरीको अध्यक्षता भएको कार्यक्रममा पालिका उप प्रमुख पिमा वली, वडा नम्वर ६ का वडा अध्यक्ष रोशनजंग शाह ५ का वडा अध्यक्ष रेशमबहादुर वली लगायतले बोलेका थिए ।

उक्त कार्यक्रममा बोल्दै पालिका अध्यक्ष गिरीले अपांग, अशक्त र ६० वर्ष भन्दा माथिका महिला पुरुषलाइ निःशुल्क ल्याब परिक्षण गर्ने प्रतिवद्धता जनाए । कार्यक्रमको सहजीकरण पालिकाका यादव डाँगीले गरेका थिए ।

प्रतिकृया

प्रतिकृया