सुशील बस्नेत,तुलसीपुर
१९-जेठ/ मानव अधिकार तथा शान्ति समाजको २७ औं स्थापना दिवसका अवसरमा बिहीबार देशका विभिन्न जिल्लामा विविध कार्यक्रम गरि मनाईएको छ । २०५३ जेठ १९ गतेका दिन मानव अधिकारकर्मी कृष्ण पहाडीको नेतृत्वमा स्थापना गरिएको थियो । मानव अधिकार,शान्ति,लोकतन्त्र र अहिंसा मुल उदेश्य रहेको शान्ति समाजले जिवनमुखि, जगतमुखि र सेवामुखि भावका साथ अभियानहरु सञ्चालन गर्दै आएको छ ।

शान्ति समाज दाङ शाखाले यही सेवा भावका साथ स्थापना दिवसको अवसरमा भोजन कार्यक्रम गरेको छ । मानव सेवा आश्रम तुलसीपुरका ५६ जना आश्रित ब्यक्तिहरुलाई भोजन कार्यक्रम गरेको हो । शान्ति समाज दाङ शाखाका सभापति तुल्सीराम सुनारको सभापत्वि एवम शान्ति समाजका केन्द्रीय वरिष्ठ उपसभापति सुशील बस्नेतको विशेष उपस्थीतिमा आश्रममा बस्दै आएका ५६ जनालाई भोजन गराईएको थियो ।

त्यसअवसरमा शान्ति समाजका केन्द्रिय वरिष्ठ उपसभापति बस्नेतले सडकलाई बास बनाएका ब्यक्तिहरुलाई मानव सेवा आश्रममा राखि स्वास्थ्य सेवा,खानपान र बासको समेत ब्यस्था गरेको मानव सेवा आश्रमको कार्यलाई उत्कृष्ठ सेवा भएको बताए । शान्ति समाजका सचिब निर्मल नेपाली, आश्रमका संयोजक हिरु जोशी, शान्ति समाजका सहसचिव उषा गौतम लगायतले मन्तव्य राखेका थिए । समाजका सचिब निर्मला डिसीले कार्यक्रमको सहजीकरण गरेकी थिईन ।

प्रतिकृया

प्रतिकृया