एजेन्सी,
२३-जेठ/ भारतको उत्तराखण्डको उत्तराकाशीमा तीर्थयात्री बोकेको बस दुर्घटना हुँदा २५ जनाको ज्यान गएको छ । ३ जना गम्भीर घाइते भएका छन् । २८ तीर्थयात्री बोकेर मध्यप्रदेशको पाना जिल्लाबाट उत्तराखण्डको यमुनोत्री धाम जाँदै गरेको बस दुर्घटनामा परेको हो ।

बसमा चालक र सहचालकसहित ३० जना रहेका बीबीसी हिन्दीले जनाएको छ । दुर्घटनामा गम्भीर भएकाको उत्तराखण्डको अस्पतालमा उपचार भइरहेको छ । भारतीय प्राधानमन्त्री नरेन्द्र मोदीले दुर्घटना प्रति दुःख व्यक्त गर्दै ज्यान गुमाएका परिवारलाई दुई लाख भारतीय रुपैयाँ र घाइतेहरुको उपचारका लागि ५० हजार भारतीय रुपैयाँ दिने बताउनु भएको छ ।

प्रतिकृया

प्रतिकृया