प्रिया स्मृती गजमेर,लमही
२७-जेठ/ लमही नगरपालिकाका नगर प्रमुख जोगराज चौधरीले मेलमिलापनै विवाद समाधानको उत्तम उपाए भएको बताएका छन् । ‘समुदायमा हुने द्वन्द्व र झैंझगडा जस्ता असहमतिका विषयलाई सम्बादबाट सहमतिमा ल्याएर समाधान गर्नु बिबाद समाधानको, राम्रो पक्ष हो,मेयर चौधरीले भने ।

उनले लमही नगरपालिकाले नगर भित्रका विवादलाई सम्बादबाटै निकास दिने र आवश्यकता अनुसार सम्बाद समूहसंग समन्वय गर्ने पनि बताए । सम्बाद समूह दाङले शुक्रबार देउखुरीका तीन पालिकाका प्रमुख तथा उपप्रमुख बिच संयुक्त रुपमा आयोजना गरेको स्वागत तथा समन्वयात्मक छलफलको अबसरमा चौधरीले सो कुरा बताएका हुन ।

सो अबसरमा राजपुर गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष शरद बुढाथोकीले पालिकाबासीको आधारभुत आवश्यकता पूरा गर्ने आफ्नो पहिलो जिम्मेवारी भएको बताउदै उनले राजपुरमा केही ठुला बिबाद रहेकोले समाधानका लागि सम्बाद समूहसंग सहकार्य गर्ने बताए ।

त्यस्तै गढवा गाँउपालिकाका अध्यक्ष यमनारायण पोख्रेलले पालिका भित्र पालिकाको सिमाङकन, नदिजन्य पदार्थको उत्खनन् र राजस्व संकलनका सवालमा केही असमझदारी रहेको र त्यस्ता असहमतिका बिषयलाई सहमतिमा ल्याई सहमतिबाट समस्याको समाधान गर्न सम्बाद समूह संगको समन्वय र सहकार्य आबश्यकता रहेको बताए ।

कार्यक्रममा लमही नगरपालिकाका उप प्रमुख लक्ष्मी योगी, राजपुर गाउँपालिकाका उपाध्यक्ष धनपति यादव, र गढवा गाँउपालिकाका उपाध्यक्ष शारदा चौधरीले पालिका भित्रका विवाद समाधानका लागि पालिकाको न्यायिक समिति र सम्बाद समूहबिच ‘सुमधुर सम्बन्ध स्थापित हुन आबश्यक रहेको कुरामा जोड दिए ।

कार्यक्रममा सम्बाद समुहका सहजकर्ता शुष्मा गिरीले समुदायमा सामाजिक न्यायका लागि सम्बाद समुहले विभिन्न क्षेत्रका द्वन्दरत पक्षहरुसंग छलफल गरि विवादको समाधान गर्दै आएको जानकारी दिए ।

प्रतिकृया

प्रतिकृया