प्रेमबहादुर राम्जा,तुलसीपुर
३-असार/ दाङको तुलसीपुरमा जारी सुसेली फुटबल प्रतियोगिताको फाइनलका लागि ४ टिम सेमिफाइनलमा पुगेका छन । जेठ २९ गतेदेखि सुरु भएको प्रतियोगितामा १२ टिमको सहभागीता थियो । असार २ गतेसम्म भएको पहिलो चरणको खेलबाट टरिगाउ ए, बि, राप्ती क्लब र दुधरास क्लब सेमिफाइनलमा पुगेका हुन ।

चार क्लबबिच शुक्रबार फाइनलका लागि प्रतिस्पर्धा हुने भएको छ । फाइनलका लागि टरिगाउ ए र राप्ती क्लब तथा टरिगाउ बि र दुधराश क्लबबिच प्रतिस्पर्धा हुने आयोजक सुसेली युवाका अध्यक्ष रोहन पुनले जानकारी दिए । सेमिफाइनल खेल दिउँसो साढे २ बजेदेखि सुरु हुने आयोजकले जनाएको छ ।

तुलसीपुर १८ मा रहेको सुसेली युबा क्लबको आयोजनामा प्रतियोगिता सुरु भएको हो । फाइनल खेल शनिबार हुने छ । प्रतियोगितामा बिजयी हुने फुटबल टीमले नगद ५० हजार, कप र मेडल प्राप्त गर्ने छ । यस्तै दोस्रो हुने टीमले नगद २० हजार, कप र मेडल प्राप्त गर्ने अध्यक्ष पुनले जानकारी दिए ।

प्रतिकृया

प्रतिकृया