घोराही,
४-असार/ घोराही उप-महानगर पालिका वडा न १५ स्थीत जनविहानी टोलको बचत समुहको साधारण सभा सम्पन्न भएको छ । समुहका अध्यक्ष माया आचार्यको अध्यक्षमा सम्पन्न भेलामा वार्षीक आय ब्यय विवरण कोषाध्यक्ष तारा बहादुर कार्कीले प्रस्तुत गरेका थिए ।

भेलाले वार्षीक १२ प्रतिशात ब्याजदरमा १ लाख सम्म ऋण दिने निर्णय गरेको छ । साथै भेलाले नया कार्य समिती समेत चयन गरेको छ । भरतमणी अधिकारिको अध्यक्षतामा गठित कार्य समितिमाको उपाध्यक्षमा रिता पोख्रेल,सचीवमा खडग शर्मा पौडेल,कोषाध्यक्षमा तारा बहादुर कार्की सदस्यमा प्रकाश कुवर,बल्देब आचार्य र कुल बहादुर दशौदी रहेका छन् ।

भेलाले ज्ञानेन्द्र गौतमको संयोजकत्वमा ३ सदस्यीय नयाँ ऋण समिती पनि गठन गरेको छ । जसको सद्स्यमा निमानन्द गैरे र खुमान सिह खडका रहेका छन् ।

प्रतिकृया

प्रतिकृया