तुलसीपुर,
४-साउन/ सल्यानकी एक महिला १३ दिनदेखि सम्पर्क बिहीन भएकी छिन् । सल्यानको बागचौर नगरपालिका वडा नं. ७ पैयाँचौरकी ३९ वर्षीया टिका वली १३ दिन देखि सम्पर्क बिहीन भएकी हुन् । वली गएको असार २४ गते दिउँसो १२ बजे घरबाट टे«लरमा कपडा सिलाउन जान्छु भनेर निस्केको र अहिलेसम्म सम्पर्कमा नआएको उनका श्रीमान तारा प्रसाद वलीले जानकारी दिए ।

वली जानसक्ने सबै स्थानमा सोधपुछ गर्दा पनि श्रीमती नभेटिएको भन्दै उनका श्रीमानले कसैले कहिकतै देखेमा खवर गरिदिन आग्रह गरेका छन् । आफ्नो श्रीमतीलाई कहिकतै देख्ने वा भेट्नु हुनेले ९८०६२६१८९४ र ९८४९६०१२६० मा सम्पर्क गरिदिन अनुरोध गरेका छन् । वलीले कपडासहित सुनका गरगहना लगेर गएको उनका श्रीमान ताराले बताए ।

प्रतिकृया

प्रतिकृया