घोराही,
१९-साउन/ राप्ती इञ्जिनियरिङ कलेज घोराहीले कलेजको आसपासमा रहेको विभिन्न टोल विकास संस्थाका पदाधिकारी, जनप्रतिनिधी, स्थानीय शिक्षा विद् र बुद्धिजीवीहरुसंग स्थानीय विकासमा राप्ती इञ्जिनियरिङ कलेजको भूमिका विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । घोराही उप–महानगरपालिका वडा नं १६ का वडाध्यक्ष तारा बहादुर डिसीको प्रमुख अतिथ्यता तथा कलेज व्यवस्थापन समितिका अध्यक्ष एवं प्रवन्ध निर्देशक प्राज्ञिक व्यक्तित्व डा. भीमसेन गिरीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।

उक्त कार्यक्रममा बोल्दै प्रमुख अतिथि डिसीले घोराही १६ का सबै टोल बासीका छोेराछोरीलाई कलेजमा अध्ययन गर्दा १० प्रतिशत छुट गरिदिएकोमा कलेज व्यवस्थापन समितिलाई धन्यवाद दिदै उक्त छुट रकमको फाइदा लिई कलेजमा प्राविधिक शिक्षा अध्ययन गर्न सबै वडा बासीका छोराछोरीलाई आग्रह गरे । आर्थिक रुपमा विपन्न वर्गका छोराछोरीलाई प्राविधिक शिक्षा पढाउन वडाबाट पनि केहि विशेष योजना बनाएको बताउदै कलेज र वडा कार्यालयको बीचमा समन्वय गरी अगाडी बढ्ने बताए । उक्त अवसरमा शिक्षा विद् तथा पद्मोदय पब्लिक उच्च नमूना माविका सहायक प्राचार्य लोक बहादुर बस्नेतले स्थानीयको परिचयसंगै कलेज जोडिएको बताउदै प्रदेशकै नमुुना प्राविधिक शिक्षा आर्जन गर्ने संस्था हाम्रो ठाउँमा जन्माइ दिएकोमा कलेजलाई धन्यवाद दिदै राप्ती इञ्जिनियरिङ कलेजको विकासमा स्थानीयको भूूमिका विषयमा छलफल केन्द्रित हुनुपर्ने बताए ।

स्थानीय बुद्धिजीवी सविन पोख्रेलले करिब ६ सय प्राविधिक जनशक्ति उत्पादन गर्न सफल भएकोमा कलेजको प्रशंशा गरे । उनले यस्ता पुर्वाधार राज्यले बनाउनु पर्ने हो, राज्यको दायित्व राप्ती इञ्जिनियरिङ कलेजले पूुरा गरी दक्ष र प्राविधिक जनशक्ति उत्पादन गरेको भन्दै कलेजले नयाँ नयाँ कार्यक्रमको सम्बन्धन प्राप्त गरी संचालनको लागि शुुभकामना दिए । मानव अधिकार कर्मी विनोद केसीले विकास भनेको भौतिक विकास मात्र नभएर हामी कति शिक्षित छौ, संस्कार कस्तो छ समाजमा व्यवहार कस्तो छ भन्ने हो स्थानीय वडा सरकार र राप्ती इञ्जिनियरिङ कलेजको सहकार्यमा जनचेतजा मुलक अभियान चलाउन पर्ने बताए ।

मुक्त कमैया टोल विकास संस्थाकी अध्यक्ष सविता चौधरीले यहाँको विकासमा कलेजको महत्वपूूर्ण भूूमिका रहेको बताउदै मुक्त कमैयाका छोराछोरीलाई प्राविधिक शिक्षा पढाउनु सरोकारवालाले विशेष व्यवस्था मिलाउन पर्ने बताईन । उक्त अवसरमा हुुर्मत घर्ति, यमकान्त भुषाल, खिम बहादुर नाथ, राप्ती इञ्जिनियरिङ कलेजका प्रिन्सिपल रेशम गिरी, कलेज व्यवस्थापन समितिक अध्यक्ष तथा प्रवन्ध निर्देशक डा. भीमसेन गिरी लगायतले बोलेका थिए । उनीहरुले सूूचगुणात्मक शिक्षामा कलेजको जोडदिएको बताएका थिए । प्रविधि र अनुसन्धानमा आधारित अन्र्तक्रिया कार्यक्रममाको सहजीकरण कलेका विसिए विभागीय प्रमुख विश्वबन्धु थापाले गरेका थिए ।

प्रतिकृया

प्रतिकृया