घोराही,
३-असोज/ घोराहीमा रहेको मावि रझेनाले एक कार्यक्रम गरि संविधान दिवस मनाएको छ । विद्यालयको कानुन सङ्कायको आयोजना तथा विद्यालयको आर्थिक सहयोगमा कार्यक्रम गरिएको हो ।

           


कक्षा १२ का विद्यार्थी घनश्याम बिकको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि दाङ जिल्ला बार एशोसियसनका अध्यक्ष मुरली घिमिरेले संविधानको पालना गर्नु सबैको दायित्व भएको उल्लेख गर्दै सबैले पालना गरेमात्र संविधानले पूर्णता पाउने उल्लेख गरे । विशिष्ट अतिथि जिल्ला अदालत दाङका शाखा अधिकृत राजेन्द्र शर्माले संविधानका कुराहरू व्यवहारमा कार्यन्वयन हुँदै जादा मात्र यसका सुन्दर पक्ष थप उजागर हुने उल्लेख गरे ।

कार्यक्रममा विशिष्ट अतिथि विद्यालयका प्रधानाध्यापक उद्धव न्यौपाने, सहायक प्रधानाध्यापक लालमणि आचार्य शिक्षिका इन्दु बस्नेत लगायतले मन्तव्य राखेका थिए । कानुन संकायका शिक्षक सुदीप गौतमले विषय प्रवेश गराएको उक्त कार्यक्रममा कक्षा ११ र १२ का कानुन सङ्कायका विद्यार्थीहरूको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन विद्यार्थी आकाश ओली र बिपना श्रेष्ठले गरेका थिए ।

 

प्रतिकृया

प्रतिकृया