सुशील बस्नेत, दाङ
५-असोज/ दाङमा कारागारका कैदीबन्दीलाई सिपमुलक तालिम दिन सुरु गरिएको छ । घोराही कारागार कार्यालयको आयोजना, समाज कल्याण केन्द्रको सह आयोजना र घोराही उपमहानगरपालिका वडा नम्वर १५ को सहयोगमा ५ दिने सीपमुलक तालिम समेत बुधबारदेखि सुरु गरिएको जेलर बासुदेव खनालले बताए । केन्द्रका अध्यक्ष निर्मला गौतमको अध्यक्षता एवंं वडा नम्वर १५ का अध्यक्ष रमेशकुमार पाण्डेको प्रमुख आतिथ्यमा मैनबत्ति, सरफ, अगरबत्ति र झोला बनाउने तालिम सञ्चालिन गरिएको छ ।

           


३ सय २४ जना मध्ये पहिलो दिन १ सय ५४ जनालाई मैनबत्ति बनाउने तालिममा सहभागि भएका अध्यक्ष निर्मला गौतमले जानकारी दिइन । कार्यक्रममा सम्बोधन गर्दै घोराहीमा गत चैतमा सरुवा भई आएका जेलर खनालले कैदीबन्दी र प्रशासनको बीचको दुरीलाइ कम गर्ने थप प्रयास भईरहेको बताए । त्यसका लागि कैदीबन्दी संग रहेर प्रत्यक्ष कैदी र जेलर विचमा समस्याहरुको बारेमा छलफल गर्ने जस्ता काम नयाँ भएको खनालले बताए । यस्तै कैदीबन्दी सर्वेक्षणमा कैदीबन्दी पारिवारिक पृष्ठभुमी देखि कैदीबन्दीले गर्ने दैनिक क्रियाकलापको लगायत, कैद सजया लिएको समयमा भएको आन्तरिक क्रियाकलापको वारेमो नाम गोप्य राखी प्रत्येक कैदीहरको विवरण लिने कार्य नयाँ भएको उनले बताए ।

ई –लाईब्ररी, पुस्तकालय, जिमखाना, खेलकुदका बिभिन्न सामाग्रीहरुको ब्यबस्था मिलाईएको छ । त्यसबाहेक स्वच्छ वातावरण र सफा भान्सा समेत रहेको कैदीहरुले बताएका छन् । आयआर्जनका लागि बिभिन्न सीपमुलक कार्यक्रम समेत सञ्चालन हुने गरेका छन् । कार्यक्रममा जेलर खनाल, मानव अधिकार तथा शान्ति समाजका केन्द्रीय वरिष्ठ उपसभापति सुशील बस्नेत, महेन्द्र क्याम्पसका प्राध्यापक सुन्दर गौतमलगायतले बोलेका थिए । कार्यक्रमको सहजीकरण बिन्दु दाहालले गरेकी थिईन । कागरागारमा सरकारले प्रति कैदीबन्दी दैनिक ६० रुपैया र ७०० ग्राम चामल सरकारले उपलब्ध गराएको छ ।

 

महिनालमा ७० क्वीनटल चामल र ६ लाख रुपैंया रकम कैदी वन्दीहरुको लागी आउने गर्छ तर त्यसबाट कटाएर व्यवस्थापनमा असहजता भएको पाइए पनि दाङको कारागारमा भने व्यवस्थापन पारदर्शी देखिएको छ । घोराही कारागारमा ३सय २४ जनाले कैद जिवन बिताईरहेका छन् । सवै भन्दा धेरै जबरजस्ती करणीमा बन्दी ४८ र कैदी ३६ जना गरी जम्मा ८४ जना रहेका छन् यस्तै कर्तव्य ज्यानमा ४५ कैदी र १६ जना बन्दी गरी ६१ जना छन् । लागुऔषधमा सम्बन्धी ४२ कैदी र २७ जना गरी ६९ जना रहेका छन् ।

प्रतिकृया

प्रतिकृया