घोराही,
६-असोज/ घोराहीमा युगल सांगितिक साँझ हुने भएको छ । हिन्दुहरुको महान् पर्व बिजयादशमी तथा दिपावली–२०७९ को अवसरमा ॐ संगीत कला केन्द्र घोराहीको आयोजनामा घोराहीमा युगल सांगितिक साँझ हुने भएको हो ।

           


आयोजक ॐ संगीत कला केन्द्र घोराहीले विहीबार घोराहीमा पत्रकार सम्मेलनको आयोजना गरेर सुगम संगीतका वरिष्ठ कलाकारहरु उदय सोताङ र मनिला सोताङ युगल सांगितिक साँझ हुने जनाएको छ । साविक राप्तीमै पहिलो पटक यो जोडीको सांगितिक साँझ आयोजना गरिएको आयोजक ॐ संगीत कला केन्द्र घोराहीका संयोजक राजेन्द्र दाहालले जानकारी दिए ।

उनका अनसार असोज १६ गते फुलपातिका दिन घोराहीको माला ईन होटलमा बेलुका साढे ५ बजेदेखि कार्यक्रम हुनेछ । कार्यक्रममा प्रवेशकालागी ५ सय र १ हजार रुपैयाको टिकटको व्यवस्था गरिएको उनले बताए । सोताङ जोडीको ‘छिनछिनमै हास्न मन लाग्छ, हजार जुनिसम्म पर्खी बसे तिमीलाई, उकालि चढौला ओराली झरौला, झिज्यो सिरानी रातमा, तिमी बिना बाँच्नै गाह्रो भो’ लगायतका गीतहरु लोकप्रिय रहेका छन् ।

 

प्रतिकृया

प्रतिकृया