दाङ,
६-असोज/ बुधवार बढेको शेयर बजार बिहीवार भने घटेको छ । शेयर बजार परिसूचक नेप्से आज नौ दशमलव ८३ अङ्कले घटेर एक हजार आठ सय ३८ दशमलव ९६ विन्दुमा झरेको छ । बिहीबार सबै समूहको शेयर घटेर बजार राताम्मे देखिएको छ । बजार घटेसँगै कारोबार रकममा पनि निरन्तर कमी आइरहेको छ ।

दुई सय २९ वटा कम्पनीको २५ लाख ४२ हजार कित्ता शेयर ६५ करोड ५७ लाख रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै नबिल बैंकको दुई करोड ५८ लाख रुपैयाँको शेयर किनबेच भयो । बिहीबार प्रभु डिबेन्चर र गरिमा डिबेन्चर २०८४ को शेयर झन्डै १० प्रतिशतले घटेको छ । समग्रमा बजार राताम्मे भए पनि साम्लिङ पावर कम्पनीको शेयर १० प्रतिशतले बढेको छ ।

प्रतिकृया

प्रतिकृया