दाङ,
११-असोज/ सेयर बजार नेप्सेमा दोहोरो अंकको वृद्धि भएको छ । यो साता लगातार दुई दिन घटेको बजार तेस्रो कारोबार दिनमा भने १५.९२ अंकले बढेको छ । बजार १८३१.०५ बिन्दुमा पुगेर रोकिएको छ । बजार बढेको दिन पनि कारोबार रकम भने बढ्न सकेन । मंगलबार कुल २२९ स्टकको १६ हजार ८२३ वटा कारोबारबाट २१ लाख ७ हजार ७४२ कित्ता बराबरको कारोबार भएको छ । कारोबार रकम ६६ करोड ३० लाख १३ हजार भएको छ ।

होटल र पर्यटन तथा म्युचुअल फण्डबाहेक सबै उपसमूह सकारात्मक देखिए । मंगलबार सामुदायिक लघुवित्त वित्तीय संस्थाको मूल्य सबैभन्दा धेरै ९.९७ प्रतिशतले बढेर १३०८.९० रुपैयाँ पुग्यो । अभियान लघुवित्त वित्तीय संस्थाको मूल्य ६।०७ प्रतिशतले वृद्धि भयो । अपर हुवाखोला हाइड्रो, हिमालयन पावर, माउन्टेन इनर्जी समेत मूल्य धेरै बढ्ने कम्पनीमा परेका छन् । गरिमा डिभेन्चरको मूल्यमा नकारात्मक सर्किट लागेको छ । मंगलबार रिडी हाइड्रोको सबैभन्दा धेरै कारोबार भएको छ ।

प्रतिकृया

प्रतिकृया