तुलसीपुर,
१२-असोज/ हिन्दू महाअभियान नेपाल अभियन्ता परिवार दाङले हिन्दु नेपालीहरुको महान पर्व बडा दशै तथा तिहारको उपलक्ष्यमा शुभकामना आदानप्रदान तथाअन्तरक्रिया कार्यक्रम गर्ने भएको छ । बिहीबार तुलसीपुरको बिएसएस पार्टी प्यालेसमा दिउँसो १२ शुभकामना आदान प्रदान कार्यक्रम आयोजना गरेको हिन्दू महाअभियान अभियान्ता परिवारका केन्द्रीय संयोजक झनक बहादुर बस्नेतले जानकारी दिए ।
कार्यक्रमलाई सम्बोधन गर्न राष्ट्रबादी विचारक देवप्रकाश त्रिपाठी आउन लागेको संयोजक बस्नेतले जानकारी दिए । उक्त अन्तरक्रिया कार्यक्रममा नेपाली कांग्रेसका स्वर्गीय नेता खुमबहादुर खड्काको बारेमा ब्याख्यान हुने बताईएको छ । कार्यक्रममा उपस्थित हुनको लागि हिन्दू महाअभियान नेपाल अभियन्ता परिवार दाङले सबैमा आग्रह गरेको छ ।
प्रतिकृया