प्रमोद आचार्य, दंगीशरण
१२-असोज/ दंगीशरण गाउँपालिका पशु शाखाले रेबिज रोग विरुद्धको खोप अभियान सम्पन्न गरेको छ । १६ औं बिश्व रेबिज दिवसको अवसरमा ‘एक स्वास्थ्यको अबलम्बन, रेबिज रोगबाट सुन्य निधन भन्ने’ मुल नारासहित पारी दंगीशरण गाउँपालिका भित्र घरधनिले पालेका कुकुरहरुलार्इ खोप लगाएर बिश्व रेबिज दिवस मनाएको पशु शाखा प्रमुख हितराम चौधरीले बताए ।

२००७ मात्रामा अमेरीकाबाट सुरु भएको दीवसको १६ औ दिवससम्म आइपुग्दा रेबिज रोगबाट बच्न र यसको रोकथाममा समेत दिवसले सहयोग पुर्याएको बताउदै रेबिज रोगबारे आम जनतालाइ सचेत बनाउनु पर्ने प्रमुख चौधरीले बताए । कार्यक्रममा प्रमुख अथितिको आसनबाट बोल्दै गाउँपालिका उपाध्यक्ष पीमा खड्काले रेबिज रोग एउटा भाइरसका कारण लाग्ने र यसको उपचार नभएकाले पनि वर्षमा एक पटक रेबिज विरुद्धको खोप लगाउन सबैलाइ आग्रह गरिन् ।

दंगीशरण गाउँपालिकाका ७ वटै वडामा पालिएका करिब ५० वटा कुकुरहरूलाइ खोप लगाइएको पशु शाखाले जनाएकोछ । पशु साखा दंगीशरणका प्रमुख हितराम चौधरीको शभापतित्व तथा गाउँपालिका उपाध्यक्ष पिमा खड्काको प्रमुख आथित्यता एवं गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमर बहादुर वलिको विशिष्ट आथित्यतामा खोप अभियान सम्पन्न भएको हो ।

प्रतिकृया

प्रतिकृया