तुलसीपुर
१२ असोज/ दाङको तुलसीपुर स्थित रहेको टरिगाउँ एयरपोर्टको झाडी सरसफाई गर्न सुरु गरिएको छ । टरिगाँउ एयरपोर्ट विस्तारको चर्चा चुलिएको बेला तुलसीपुर उपमहानगरपालिकाका उपमेयर स्यानी चौधरीले बुधबार बिहानदेखि ‘ग्रेडर’ लगाएर एयरपोर्टको झाडी सरसफाइ सुरु गरेकी छिन् ।

एयरपोर्ट विस्तारका लागि पहिला यहाँको झाँडी सफाई, खाड्ल लगायतका काम गर्नु पर्ने भएकोले हामीले आजदेखि झाँडी सरसफाईको काम सुरु गरेको उपमेयर चौधरीले बताइन् । ‘आज झाँडी फालियो । केही दिनमा खाड्ल पुरिन्छ । त्यसपछि एयरपोर्टको विस्तारको काम अगाडी बढ्छ’– उनले भनिन् ।

एयरपोर्ट विस्तार सहयोग समितीको संयोजक समेत रहेकी उपमेयर चौधरीले एयरपोर्टको स्तरवृद्धि गर्न सम्पूर्ण सरोकारवाला निकायहरुले सहकार्य गरेर एयरपोर्ट विस्तारको कामलाई सार्थकता बनाउनु पर्ने बताइन् । इतिहास बोकेको टरिगाउँ एयरपोर्टलाई विस्तार गर्न बजेट सुनिश्चितताका लागि सम्पूर्ण दाङवासीहरु एक रुपताका साथ लाग्नु पर्ने बताएकी छिन ।

प्रतिकृया

प्रतिकृया