तुलसीपुर,
२७-असोज/ दाङमा धान कुट्ने मिलको फितामा परेर एक बालक घाइते भएका छन् । घाइते हुनेमा तुलसीपुर उपमहानगरपालिका वडा नं. ११ सुकौरा निवासी दशीराम चौधरीका ११ वर्षीय छोरा अभिशेक चौधरी रहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।

बिहीबार बिहान १० बजेको समयमा घर नजिकै धान कुट्दै गरेको मिलमा खेल्ने क्रममा मिलको फितामा परेका बालकको दाहिने हात फ्याक्चर हुनुका साथै शरीरमा चोट लागेको छ । बालकको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भईरहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरिक्षक पर्वत केसीले जानकारी दिए ।

प्रतिकृया

प्रतिकृया