घोराही,
३०-असोज/ दाङको घोराहीमा रहेको राप्ती स्वास्थ विज्ञान प्रतिष्ठानमा छिट्टै शैक्षिक कार्यक्रम शुरु गरिने भएको छ । राप्ती स्वास्थ विज्ञान प्रतिष्ठानको भएको पाँचौ वार्षिकोत्सव समारोहमा बोल्दै स्वास्थ तथा जनसंख्या मन्त्रालयका सचीव डा। रोशन पोख्रेलले प्रतिष्ठानमा अब छिट्टै शैक्षिक कार्यक्रम शुरु गर्नका लागि मन्त्रालयले आवश्यक तयारी गरिरहेको बताए ।

अस्पताल मैले निरीक्षण गरेँ, सेवा विस्तार र गुणस्तरीय भएको छु, डा। पोख्रेलले भने, स्थापनाको पाँचौ वर्षमा आइपुग्दा अब शैक्षिक कार्यक्रम शुरु गर्नका लागि मन्त्रालय आवश्यक कार्य गरिरहेको छ  तीन सय शय्याबाट सेवा दिइरहेको प्रतिष्ठानको सेवा गुणस्तरीय सेवा प्रदान गरिरहेको भन्दै उपकुलपति डा विकास लामिछानेले अब छिटोभन्दा छिटो शैक्षिक कार्यक्रम शुरु गरिने बताए । त्यस्तै कार्यक्रमका विशिष्ट अतिथी प्रधानमन्त्रीका स्वास्थ्य बिज्ञ डा। आरपी बिच्छाले प्रतिष्ठानको समग्र विकासका लागि सहयोग गर्न आफुहरु तयार रहेको बताए । उनले प्रतीष्ठानको स्त्तोरन्नतिसहितको बिकासमा प्रधानमन्त्रीसंगको लबिङ गर्ने प्रतिबद्धता ब्यक्त गरे । यस्तै, घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीले उपचारात्मक सेवालाई गुणस्तरीय बनाउँदै शैक्षिक कार्यक्रम शुरु गर्न नगरपालिकाले सहयोग गर्ने बताए ।

तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टिकाराम खड्काले अब दाङमै डाक्टर र नर्सको पढाइ हुने गरि प्रतिष्ठानलाई मेडिकल कलेजका रुपमा विकास गर्नुपर्नेमा जोड दिए । अस्पताल निर्देशक डा। प्रज्ञा बस्नेतको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन डा। बिभुती शर्मा र डा। बम बिसीले गरेका थिए । सो अवसरमा बिभिन्न प्रतीयोगितात्मक कार्यक्रमका बिजयीहरुलाई पुरस्कृत गरिएको थियो ।

प्रतिकृया

प्रतिकृया