तुलसीपुर,
२०-कात्तिक/ दिमागमा रगत सञ्चालनमा कमी आउनु वा नशा फुट्नु दुवै कन्डिसनमा स्ट्रोक भएको मान्न सकिन्छ । यदि दिमागकोे नशामा रगत सञ्चालनमा कमी आयो भने दिमागको जुन भागमा रगत सञ्चालन कमी भएको हो त्यो भागले अक्सिजन पाउँदैन र अक्सिजन नपुगेपछि त्यो कोषले काम गर्न सक्दैन, त्यसपछि स्ट्रोक हुन्छ ।

खासमा स्ट्रोक ४५ वर्षभन्दा माथि उमेरका व्यक्तिहरुलाई हुने गर्दछ तर नेपालमा ४५ वर्षभन्दा कम उमेका मानिसहरुलाई स्ट्रोक हुने गर्दछ । यसको मुख्य कारण उच्च रक्तचाप, मधुमेह र धूमपान सेवन देखिएको छ । स्ट्रोक दुई प्रकारका हुन्छन्– एउटा शरीरमा रगत सञ्चालन नपुगेर हुने गर्दछ भने अर्को नशा फुटेर हुने गर्दछ। यसलाई हामीले ब्रेन हेमरेज स्ट्रोक पनि भन्ने गर्दछौँ। यो उच्च रक्तचापले हुने गर्दछ ।

स्ट्रोकबाट बच्न के गर्नुपर्छ ?
स्ट्रोकबाट बच्नको निमित्त जीवनशैली परिवर्तन गर्नुपर्दछ। धूमपान गर्नु हुँदैन । नियमित शारीरिक कसरत गर्ने बानी बसाल्नु पर्दछ र उच्च रक्तचाप र मधुमेहलाई नियन्त्रण गर्नु पर्दछ। त्यसो गर्दा केही हदसम्म स्ट्रोकबाट बच्न सकिन्छ । स्वास्थ्य खवर

प्रतिकृया

प्रतिकृया