सल्यान,
२७-कात्तिक/ सल्यान प्रदेश सभा (ख) का उम्मेदवार सुरेश अधिकारीले जिल्लामा गठबन्धनको पक्षमा जनलहर आएको बताएका छन् । छत्रेश्वरी गाउपालिका वडा नं. ७ मा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै अधिकारीले सल्यानी जनताले गठवन्धनको पक्षमा देखाएको उत्साहले गर्दा जनलहर आएको बताए । काँग्रेसका क्षेत्रीय सभापति समेत रहेका अधिकारीले चुनाव भनेको प्रतिगमन र अग्रगमन बीचको लडाइँ भएको भन्दै सल्यानी जनताले अग्रगमन रोज्नेमा आफु ढुक्क रहेको बताए ।
जनताको मतको अवमुल्यन गरेर पटक–पटक संसद बिघटन गरेर जनताको अधिकार कुन्ठित गर्न खोज्नेदललाई जनताले आफ्नो मत मार्फत जवाफ दिनुपर्ने बताए । आफु शारदा नगरको स्थायी वासिन्दा भएको भन्दै जनताको हरेक सुख दुखमा सधै लागिरहने प्रतिवद्धता ब्यक्त गरे । अधिकारीले सल्यानको विकासका लागि आफू सदैब लागिरहेको उल्लेख गर्दै आगामी दिनमा थप उर्जाका साथ काम गर्ने प्रतिबद्धता व्यक्त जनाए । अधिकारिले समृद्धि र स्थायित्व सल्यानी जनताको चाहना भएकाले त्यो प्राप्तिका लागि सल्यान प्रदेस सभा (ख) मा रुख चिन्हमा मतदान गरि आफुलाई बिजयी बनाउन मतदातामा आग्रह गरे ।
प्रतिकृया