घोराही,
१३-पुस/ घोराही उपमहानगरपालिकाले मेलमिलाप कर्ताहरुलाई क्षमता अभिबृद्धी तालिम दिन थालेको छ । उपमहानगरपालिकाका १९ वटै वडाहरुमा रहेका मेलमिलाप कर्ताहरुको क्षमता अभिबृद्धी गर्न उपमहानगरपालिकाको कानुनी मामिला शाखाले तालिम दिन थालेको हो । बुधबार घोराहीमा आयोजना गरेको कार्यक्रममा दुई दिन सम्म तालिम चल्ने छ । पहिलो दिन ३७ जना सहभागि भएको तालिममा दोस्रो दिन पनि ३७ जना मेलमिलापकर्ताहरुको सहभागिता रहने शाखा प्रमुख प्रतलाकुमारी देवकोटाले जानकारी दिइन ।

नगर उपप्रमुख एवं न्यायीक समितिका संयोजक हुमाकुमारी डिसीको अध्यक्षतामा भएको तालिम उद्घाटन कार्यक्रममा बोल्दै नगर प्रमुख नरुलाल चौधरीले मेलमिलापबाट समाजको विकास र संबृद्धी प्राप्त हुने बताए । आपसी बेमेल र विबादले समाजलाई गतिशिल बनाउन नसक्ने भन्दै उनले विवाद भएपछि मात्रै भूमिका खोज्नु भन्दा मेलमिलाप कर्ताहरुले बिबाद आउनै नदिने गरी भूमिका खेल्नुपर्नेमा जोड दिए । बिबाद र बेलेमले मुद्धामामिला गर्दा ठूलो झन्झट व्यहोर्नु पर्ने भन्दै उनले त्यस्तो अबस्था आउन नदिनका लागि मेलमिलाप कर्ताहरुले गाउँ समाजमा मेलमिलापको बाताबरण बनाउनु पर्ने बताए । स्थानीय सरकारको न्यायीक समिति सम्म बिबाद आउन नदिने गरी गाउँमै दुबै पक्षलाई जितको महशुस हुने गरी मेलमिलापको भूमिका मेलमिलापकर्ताहरुले गर्नुपर्ने बताए ।

कार्यक्रममा उपप्रमुख डिसीले गाउँका बिबादहरुलाई गाउँघरमै मिलापत्र गर्ने गरी मेलमिलाप कर्ताहरुलाई दक्ष बनाउन आफुहरुले तालिमको आयोजना गरेको बताइन । प्रमुख प्रशासकिय अधिकृत भोजराज घिमिरेले न्याय प्रकृयालाई सहज र छिटो छरितो बनाउन गाउँ गाउँमा रहेका मेलमिलापकर्ताहरुको भूमिका अहम रहने बताइन । तालिममा अधिबक्ताहरुले मेलमिलाप कर्ताहरुको भूमिका, कार्यक्षेत्र र जिम्मेवारीका बिषयमा मेलमिलापकर्ताहरुलाई जानकारी गराउने छन् । तालिममा मुलुकी फौजदारी कार्यबिधी, मुलुकी देवानी कार्यबिधी, न्यायिक समितिले निरुपण गर्ने तथा अदालतमा पठाउने विबादको प्रकृतिका बारेमा जानकारी दिने, न्यायिक समितिबाट भएका निर्णय तथा फैसला कार्यान्वयन गर्ने प्रकृया, स्थानीय सरकार सञ्चाल ऐन, न्यायिक समितिको काम, कर्तव्य र अधिकार, मेलमिलपापको बिधी प्रकृयाका बिषयमा जानकारी गराउने कार्यतालिका रहेको शाखा प्रमुख देवकोटाले जानकारी दिइन । तालिमको प्रशिक्षकहरुमा घोराही उपमहानगरपालिकाका कानुनी सल्लाहकार अधिबक्ता भुपबहादुर केसी, अधिबक्ताहरु मणिराज आचार्य मौसम र अर्जुन अधिकारी रहेका छन् ।

प्रतिकृया

प्रतिकृया