ओमप्रकाश गुप्ता, दाङ
२६-पुस/ नेपाली कांग्रेस दाङ क्षेत्र नम्बर १ ले लुम्बिनी प्रदेशको स्थायी राजधानी राप्ती उपत्यका देउखुरीको रोक्का जग्गा यथाशीघ्र फुकुवा गर्न माग गरेको छ ।  क्षेत्रीय सभापति भेषराज पाण्डेले सोमबार एक प्रेस विज्ञप्ति जारी गर्दै जग्गा फुकुवाको माग गरेका छन् । लुम्बिनी प्रदेश राजधानी व्यवस्थापनका लागि राप्ती गाउँपालिकाको ९ वटा वडा, गढवाको १,२,३ र शितगंगा नगरपालिकाको ८ र ९ गरी १४ वटा वडाको जग्गा लामो समय सम्म रोक्का हुँदा नागरिकहरूको दैनिकी जिवनयापनमा समस्या उत्पन्न हुँदै जानु र प्रदेश सरकारले व्यवहारिक निकास दिन नसक्नु प्रदेश सरकारको अत्यन्त अव्यवहारिक, अर्कमण्य कार्य शैली रहेको ठहर गरेको छ ।

  छिटो भन्दा छिटो रोक्का जग्गाहरु फुकुवा गरी दैनिक जीवन र व्यवसायिक सहजताका लागि मार्ग प्रसस्त गर्न विज्ञाप्ती मार्फत लुम्बिनी प्रदेश सरकारको गम्भीर ध्यानकर्षण समेत गराएको छ ।  वस्तुगत अवस्थाको गम्भीरतालाई बुझनु र निकास खोज्नुको साटो पदीय जिम्मेवारीमा रहेकाहरुबाट सस्तो लोकप्रियताका लागि भ्रमपूर्ण र भ्रामक तरिकाले दोषारोपण गर्न खोज्ने अराजनैतिक क्रियाकलाप र प्रस्तुती दुर्भाग्यपूर्ण र खेदजनक रहेको ठहर गर्दै यथाशिघ्र जग्गा फुकुवाको प्रक्रियाले ठोसरुपमा सार्थकता नपाएमा आउँदो महिनादेखि दबाव मूलक विभिन्न चरणका आन्दोलनहरु गर्न बाध्य हुने र त्यसको नैतिक जिम्मेवारी सरोकारवाला लुम्बिनी प्रदेश सरकारले लिनुपर्ने जारी विज्ञप्तीमा उल्लेख छ ।

प्रतिकृया

प्रतिकृया