आलोक भावुक, गढवा
२७-पुस/ क्रियटिङ पोसिबिलिटिज नेपालद्वारा ८ जना उद्धमी महिला सहित ४३ जनालाई निशुल्क साइकिल वितरण गरेको छ। मंगलवार संस्थाले आफ्नै कार्यालयमा एक कार्यक्रमको आयोजना गरी साइकल वितरण गरेको हो । गढवा गाउँपालिका वडा – ५का वडाध्यक्ष लेखराज थापाको अध्यक्षता तथा गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलको प्रमुख आतिथ्यमा निशुल्क साइकल वितरण कार्यक्रममा सम्पन्न भएको हो ।  नि:शुल्क साइकल वितरण कार्यक्रममा बोल्दै प्रमुख अतिथि तथा गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले क्रियटिङ पोसिबिलिटिज नेपालले गरेको काम सराहनीय भएको बताए । सिपी नेपालको काम गर्ने शैली फरक र तेज गतिमा भएको भन्दै प्रशंसा गरे ।

बिपद् लगायतको काम सबै भन्दा पहिले पालिका संग समन्वय गरेर नागरिको दुख सुखमा हातोमालो गरिरहेको बताउदै साइकल वितरण कार्यपनि उत्तिकै सराहनीय भएको बताए । साइकल पाएसंगै विद्यार्थीरुलाई विद्यालयबाट घर आवतजावत गर्न सहज हुने र पढाईमा थप सहयोग पुग्ने अध्यक्ष पोख्रेलले बताए । त्यसैगरी कार्यक्रमका अध्यक्ष तथा ५ नम्बर वडाका वडाध्यक्ष लेखराज थापाले २०६४ सालदेखी समाजमा सहयोग गर्दै आउनु र स्थापित हुनु चानचुने कुरा नभएको बताए । सीपीले शिक्षा स्वास्थ्य क्षेत्रमा गरेको कामको जति तारिफ गरेपनि कम हुने बताउदै सिपि नेपालले गरेको काममा फीनिसिङ सुन्दर रहेको बताउदै आफु अत्यन्त प्रभावित भएको बताए । वडाबाट हुने सम्पूर्ण सहयोग गर्ने आश्वासन समेत वडाध्यक्ष थापाले दिए ।

  २०६५ सालमा साविकको गंगाप्रसपुर गाबिसबाट २० जनाबाट सुरुवात भएको संस्था हाल पाँचसय भन्दा बढीको संख्यामा संस्थामा आबद्ध भएको बताएको बिध्यार्थी संयोजक दिपा चौधरीले जानकारी दिइन् । २०१२ सालदेखि नै बाल बिवाह र बाल मजदुर न्युनिकरणका लागि साइकल वितरण कार्य शुभारम्भ गरिएको संयोजक चौधरीले जानकारी दिइन । कक्षा सातदेखि माथीका विद्यार्थीको पढाईलाई मध्यनजर गर्दै साइकल वितरणकार्यको सुरुवात गरिएको स्क्रिनिङ पोसिबिलिटिज नेपालले जनाएको छ । संस्थाले हालसम्म १२३१ थान साइकल वितरण गरिसकेको जनाएको छ ।

प्रतिकृया

प्रतिकृया