ओमप्रकाश गुप्ता,भालुवाङ
३ माघ / दाङ देउखुरीको राप्ती गाउँपालिका वडा नम्बर २ कालिकाचोक लालमटियामा २ मोटरसाइकल एक आपसमा ठोक्किदा भएको दुर्घटनामा परि ३ जना घाइते भएका छन् । पश्चिमबाट पुर्व आउँदै गरेको लु ५८ प २०६१ नम्बरको मोटरसाइकल र पुर्वबाट पश्चिम् जाँदै गरेको रा ५ प ७९७२ नम्बरको मोटरसाइकल सोमवार बेलुका साढे ६ बजेको समयमा एक आपसमा ठोक्किएका थिए ।

उक्त दुर्घटनामा परि प्युठान सरुमारानी गाउँपालिका दर्भानका ३० वर्षिय मोटरसाइकल चालक शुभास सुनार र सोही ठाउँका २५ वर्षिय सबिन सुनार रहेको इलाका प्रहरी कार्यालय भालुबाङले जानकारी दिएको छ । यस्तै अर्का चालक राप्ती गाउँपालिका वडा नम्बर २ बस्ने २८ वर्षिय रणबहादुर दर्लामी रहेका छन् ।

घाइते तीनै जनालाई भालुबाङ अस्पतालमा सामान्य उपचारपछि थप उपचारको लागि बुटवल रिफर गरिएको प्रहरीले जानकारी दिएको छ । घाइते शुभास र सबिनको दायाँ खुट्टा भाँचिएको छ भने रणबहादुर दर्लामीको हात भाँचिएको पनि प्रहरीले जानकारी दिएको छ ।

प्रतिकृया

प्रतिकृया