दाङ,
६-माघ/ नेपाल प्रेस युनियन लुम्बिनी प्रदेशको अध्यक्षमा सुदीप गौतम निर्विरोध निर्वाचित भएका छन् । दाङको घोराहीमा बिहीबार सम्पन्न प्रथम अधिवेशनले गौतमको अध्यक्षतामा ३२ सदस्यीय कार्यसमित सर्वसम्मत रूपमा चयन गरेको हो ।
गौतम विगत तीन दशकदेखि पत्रकारितामा सक्रिय रहँ दै आएका छन् । त्यसैगरी खुला उपाध्यक्ष – जय सिहं केसी महिला उपाध्यक्षमा – शारदा मल्ल, समावेशी उपाध्यक्ष पहलमान घर्ती, महासचिवमा – नवीन गिरी, खुला सचिव – सुर्य भुसाल, महिला सचिव – कल्पना डुम्रे समावेशी सचिव शम्सेर बिक्रम जिसी, कोषाध्यक्ष – सीपी खनाल रहेका छन् ।
त्यस्तै सदस्यहरूमा प्रकाश रेग्मी, बसन्त बन्जाडे, तेजेन्द्र केसी, सुदीप भण्डारी, गौरव गिरी, बिष्णू आचार्य, पारस भण्डारी, दिलीप खड्का, प्रमोद आचार्य, रविन शर्मा चापागाई, कृष्ण थापा, सुमन श्रेष्ठ, यमकला भुसाल, सीमा भट्टराई घिमिरे, अनु खनाल भीमा कँडेल, पूजा पन्थी, दुख हरण यादव, रबिन्द्र यादव, सुरेश परियार लेखा समिति संयोजक – मुत्ती प्रसाद न्यौपाने र सदस्यहरुमा इन्द्रजित रेग्मी, प्रकाश घिमिरे रहेका छन् ।