तुलसीपुर,
१०-माघ/ तुलसीपुर उपमहानगरपालिका वडा नं. १५ धमकापुरमा रहेको श्री बाल चेतना आधारभूत विद्यालयको २९ औं वार्षिक उत्सव सम्पन्न भएको छ । चन्दादाता तारा बहादुर वलीको अध्यक्षता तथा तुलसीपुर उपमहानगरपालिकाका उपप्रमुख स्यानी चौधरीको प्रमुख आतिथ्यता एवं तुलसीपुर उपमहानगरपालिका वडा नं. १५ का वडाध्यक्ष लक्ष्मण चौधरी, लोकजन चौधरी र रोहित चौधरीको विबिष्ट आतिथ्यतामा वार्षिकोत्सव सम्पन्न भएको हो । उक्त अवसरमा बोल्दै प्रमुख अतिथी चौधरीले उक्त विद्यालयको भौतिक संरचना निर्माण गर्नको लागि शिक्षा सुधारका लागि सहयोग गर्ने बताइन् ।

त्यसका साथै विद्यालयमा कस्तो खालको पढाई भइरहेको छ के कस्ता कमजोरी छन् भनेर शिक्षकहरुलाई खवरदारी गर्न अभिभावकहरुलाई आग्रह गरिन् । उनले सरकारी विद्यालयमा गुणस्तरीय शिक्षाका साथै सरसफाईमा पनि ध्यान दिन आग्रह गरिन् । उक्त अवसरमा विद्यायललाई सहयोग गर्ने व्यक्तिहरुलाई सम्मान गरिएको थियो । त्यस्तै चाइना फाउन्डेशन र बेसको सहयोगमा विद्यालयमा अध्ययनरत १४४ जना विद्यार्थीहरुलाई झोलासहित शैक्षिक सामग्री हस्तान्तरण गरिएको थियो । विद्यार्थीहरुले विभिन्न किसिमका नृत्यहरु प्रस्तुत गरेका थिए ।

प्रतिकृया

प्रतिकृया