तुलसीपुर,
१०-माघ/ दमारगाउँमा मोटरसाइकल अनियन्त्रित भई पल्टिदा चालक घाइते भएका छन् । तुलसीपुरबाट मंगलबार साढे ५ बजेके समयमा दमारगाउँ तर्फ गइरहेको रा ४ प २९१ नं. को मोटरसाइकल पल्टिदा चालक तुलसीपुर १३ का २४ वर्षीय डिल्ली बहादुर खड्का घाइते भएका हुन् ।

खड्काको दुबै हात अनुहारमा चोट लागेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरिक्षक पर्वत केसीले जानकारी दिए । उनको राप्ती प्रांदेशिक अस्पतालमा उपचार भइरहेको छ । चालकले मापसे गरेको र उनको साथमा लाईसेन्स र ब्लुबुक पनि नभएको केसीले जानकारी दिए ।

प्रतिकृया

प्रतिकृया