दाङ,
११-माघ/ मंगलबार काठमाडौंको नयाँ वानेश्वरमा आत्मदाह गर्ने ३७ वर्षीय प्रेमप्रसाद आचार्यको निधन भएको छ । आचार्यले मंगलबार संघीय संसद् भवन नयाँ बानेश्वर अगाडि पेट्रोल छर्किएर आफैमाथि आगो लगाएका थिए ।

आगो सल्किएपछि गम्भीर घाइते भएका उनको कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचार भइरहेको थियो । तर उनको आज बिहान उपचारकै क्रममा निधन भएको अस्पतालले जनाएको छ । आचार्यको करिब ८० प्रतिशत शरीर जलेको बताइएको थियो । इलामको सूर्योदय नगरपालिकाका उनी आफू हरेक क्षेत्रबाट निराश भएको बताएका थिए ।

प्रतिकृया

प्रतिकृया