दाङ,
१४-माघ/ आर्सनललाई १-० ले पराजित गर्दै म्यानचेष्टर सिटी एफए कपको पाँचौ चरणमा प्रवेश गरेको छ । गएराती भएको प्रिमियर लिगको पहिलो र दोस्रो स्थानमा रहेको टोलीबीचको खेलमा दोस्रो स्थानको सिटीले बाजी मार्यो । त्यसका लागि सिटीका नाथन एकेले निर्णायक गोल गरे ।
एकेले ६४औं मिनेटमा ज्याक ग्रिलिसको पासमा गोल गरेका हुन् । यस सिजन उत्कृष्ट लयमा रहेको आर्सनल भने सिटीसँग हारपछि चौथो चरणबाटै बाहिरिएको छ । प्रिमियर लिगमा सिटीभन्दा ५ अंक बढी जोडेर आर्सनल शीर्ष स्थानमा छ । आर्सनलको १९ खेलबाट ५० अंक छ भने सिटीले २० खेलबाट ४५ अंक जोडेको छ । लिगमा अब यी दुई टोली फेब्रुअरी १५ मा भिड्नेछन् ।