तुलसीपुर,
१६-माघ/ तुलसीपुरमा मोटरसाइकलले पैदल यात्रुलाई ठक्कर दिंदा एक जना घाइते भएका छन् । घाइते हुनेमा तुलसीपुर उपमहानगरपालिका वडा नं. १२ का २९ वर्षीय हेमन्त थापा रहेका छन् ।
उनलाई तुलसीपुरबाट जस्पुर तर्फ जाँदै गरेको भे ११ प १३४१ नं. को मोटरसाइकलले टरिगाउँ नजिक सोमबार बिहान ७ बजेको समयमा ठक्कर दिएको थियो । थापालाई बाँया खुट्टा र अनुहारमा चोट लागेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरिक्षक पर्वत केसीले जानकारी दिए । घाइते थापाको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भईरहेको छ । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।