एजेन्सी,
२४-माघ/ टर्कीको गाजी एन्टेप सहर नजिक केन्द्र बनाएर सोमबार बिहान गएको शक्तिशाली भूकम्पका कारण मृत्यु हुनेको संख्या ३८०० नाघेको छ । बीबीसीका अनुसार उक्त भूकम्पमा घाइतेको संख्या १२ हजारभन्दा बढी रहेको छ । भूकम्पका कारण टर्कीसँगै सिरियामा पनि धेरै नागरिकले ज्यान गुमाएका छन् ।

दुवै देशमा मृत्यु हुनेको संख्या चार हजार नजिक पुगेको छ । भूकम्पपछि उद्धार कार्यलाई तीव्रता दिनका लागि अन्तर्राष्ट्रिय उद्धारकर्मी टर्की पुग्ने क्रम जारी छ । सिरियामा केही राष्ट्रहरूले प्रतिबन्ध लगाएका कारण उद्धार तथा सहायता पुग्न ढिलाइ भइरहेको अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरूले खबर लेखेका छन् ।

अलजजिराले टर्कीका सरकारी अधिकारीहरूलाई उद्धृत गर्दै २ हजार ३१६ जनाको मृत्यु भएको उल्लेख गरेको छ । सिरियाली अधिकारीहरूले १ हजार ४४ जनाको मृत्यु भएको पुष्टि गरेका छन् ।

प्रतिकृया

प्रतिकृया