सल्यान,
१२-फागुन/ नेकपा एमालेको मिसन ग्रासरुट अन्तर्गत पार्टी सुदृढीकरण तथा विस्तार अभियान कपुरकोट गाउँपालिकामा सुरु भएको छ । शुक्रबार कपुरकोट ४ स्थित तल्लो किमुचौर र मालारानी टोलमा कार्यक्रम सम्पन्न भएको एमाले कपुरकोटले जनाएको छ ।
वस्ती स्तरमा पार्टीको अवस्था, पार्टिका स्थानिय कमिटिको भुमिका लगायतको विषयमा ग्रासरुट अभियानमा खटिएका केन्द्रिय प्रतिनिधि राम प्रसाद बरालले जानकारी लिएका छन् । पार्टी संगठनको प्रभावकारिता, निर्वाचनको बेला पार्टी पंक्ति परिचालनको अवस्था, जातिय राजनिती चले नचलेको जस्ता विषयमा स्थानीय पार्टी कार्यकर्तासंग जानकारी लिइएको केन्द्रीय प्रतिनिधि बरालले जानकारी लिएका थिए ।
कार्यक्रममा एमाले जिल्ला कमिटी सचिवालय सदस्य ओम बहादुर बुढा, पालिका कमिटी अध्यक्ष द्रोण केसी, सहसचिव इश्वर बुढा, कपुरकोट ३ का पार्टी कमिटी अध्यक्ष रुद्रवीर कवर लगायतको सहभागिता थिए । कपुरकोट गाउँपालिकाका सबै वडामा यहि फागुन २० गते सम्म ग्रास रुट अभियान अन्तर्गत रिपोर्टिंग गर्ने एमालेको समय तालिका रहेको छ ।