एजेन्सी,
१५-फागुन/ इटालीमा आप्रवासी चढेको डुंगा दुर्घटना हुँदा १२ जना बालबालिका सहित ५९ जनाको मृत्यु भएको छ । डुंगामा चढेका मध्ये अझै पनि ३० जना भन्दा बढी बेपत्ता रहेको आशंका छ । दक्षिणी इटालीको क्यालाब्रिया क्षेत्रको तटीय सहर क्रोटोन नजिकै अवतरण गर्ने क्रममा जहाज फुटेको बताइएको छ । दुर्घटनामा बचेकाहरूका अनुसार डुंगामा १ सय ५० जना सवार रहेका थिए ।

मृतकहरुको शव समुद्र किनारमा रहेको रिसोर्ट नजिकैबाट निकालिएको थियो । तट रक्षकका अनुसार दुर्घटनापछि ८० जनाको जीवितै उद्दार गरिएको थियो । डुंगामा कति जना सवार रहेका थिए भन्ने वास्तविक संख्या भने अझै पनि स्पष्ट हुन सकेको छैन । उद्दारकर्मीहरुले डुंगामा २ सयभन्दा बढी सवार रहेको अनुमान गरेका छन् ।

सो संख्यामा डुंगामा सवार रहेका भए अझै पनि ६० जनाभन्दा बढी मानिस बेपत्ता रहेको अनुमान छ । दुर्घटनाग्रस्त डुंगा केही दिन अघि टर्कीबाट हिडेको थियो । डुंगामा अफगानिस्तान, पाकिस्तान, सोमालिया र इरानका यात्रु रहेका थिए । द्वन्द्व र गरिबीका कारण प्रत्येक वर्ष ठूलो संख्यामा एसियाली र अफ्रिकी मुलुकबाट आप्रबासीहरु इटाली जाने गरेका छन् ।

प्रतिकृया

प्रतिकृया