प्रमोद आचार्य, दाङ
४-चैत/ सामुदायिक महिला स्वास्थ्य स्वयंसेवीकाको लागि २ दिने अर्धवार्षिक समिक्षा गोष्ठी सम्पन्न भएको छ । दंगीशरण गाउँपालिका स्वास्थ्य शाखा हेकुलीको आयोजनामा दुई दिनसम्म चलेको समिक्षा गोष्ठीमा स्वयंसेवीकाहरुले आआफ्नो वडाको कार्य विवरण तथा आफ्नो वडाको स्वास्थ्य अवस्थाका बारेमा जानकारी गराएका थिए ।

समिक्षा गोष्ठीमा बोल्दै पालिका अध्यक्ष शम्भु गिरीले समिक्षा भन्ने शब्द आफैमा आफुले गरेको कामको उपलब्धि के कती भयो भन्ने कुराको लेखाजोखा गर्ने थलो भएकाले पनि आफुले गरेको कार्यको सहि रेकर्ड राख्न आग्रह गरे । स्वास्थ्यसेवाको जगको रुपमा स्वयंसेवीकाहरुको भुमिका सराहनीय रहेको बताए ।

यस्तै दंगीशरण गाउँपालिका स्वास्थ्य शाखा प्रमुख राजेन्द्र हमालले स्वास्थ्यको सुचक बढाउन अनवरत लागि रहेका स्वयंसेवीकाहरु प्रती सम्मान ब्यक्त गरे । यस्तै स्वास्थ्य शाखा हेकुलीका प्रमुख प्रल्हाद चौधरीले दैनिक रुपमा आफुले गरेका कामको नियमित रेकर्ड राख्न सुझाब दिए । समिक्षा गोष्ठी गाउँपालिका अध्यक्ष शम्भु गिरीको सभापतित्वमा भएको थियो । कार्यक्रमको सहजीकरण जनस्वास्थ्य निरीक्षक प्रदीप योगीले गरेका थिए ।

प्रतिकृया

प्रतिकृया