घोराही.
४-चैत/ दाङको एप्पल मन्टेस्वरीले ७ औँ वार्षिकोत्सव मनाएको छ । घोराही १० नाराएणपुरमा रहेको मन्टेस्वरीले ७ औं वार्षिकोत्सव शनिवार एक भव्य समारोहका बीच मनाएको हो । वार्षिकोत्सवको अवसरमा विभिन्न कार्यक्रमको आयोजना गरेको हो । विद्यालयका प्रधानाध्यापक गोमा पुरीको अध्यक्षता एवं घोराही उपमहानगरपालीका वडा नं १० का वडा अध्यक्ष दिपक पान्डेको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । कार्यक्रममा बोल्दै अध्यक्ष पान्डेले विद्यालयले पछिल्लो चरणमा सफलता प्राप्त गर्दै गएको भन्दै प्रशंसा गरे ।

उनले मोफसलमा सफल एक र उत्कृष्ट नमुना मन्टेस्वरीकोे रुपमा स्थापित हुन सफल हुनु नाराएणपुरबासीका लागि गौरवको कुरा रहेको बताए । वडाअध्यक्ष पान्डेले विद्यालयलाई विभिन्न ज्ञानका साथै अनुशासनमा जोड दिएको भन्दै विद्यालयले आउँदा दिनमा अझ नमुना बन्नुपर्ने बताए । त्यसका लागि उनले सबै पक्षको साथ र सहयोग उत्तिकै आबश्यक रहेको औल्याए । विद्यालयका प्रबन्ध निर्देशक दिपा घिमिरेको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा बोल्ने बक्ताहरुले मन्टेस्वरीले छोटो समयमै बालबालिकाको मनोबैज्ञानिक तथा शिक्षण सिकाई क्षेत्रमा राम्रो प्रगति गरेको भन्दै यसलाई बचाई राख्न आग्रह गरेका थिए । उनीहरूले मन्टेस्वरीले गुणस्तरीय शिक्षा विद्यार्थीलाई दिन ध्यानदिनुपर्ने बताएका थिए ।

साथै मन्टेस्वरीको प्रशंसा व्यक्त गर्दै आगामी दिनमा मन्टेस्वरीले प्राप्त गरेको सफलतालाई बचाई राख्न आग्रह गरेका थिए । कार्यक्रममा अभिभावक भरत न्यौपाने , नाराएणपुर उद्योग बाँणिज्य संघका महासचिव बसन्त न्यौपाने ,मन्टेस्वरीका सेयर सदस्य मिनराज घिमिरे ,सिद्धरत्न नाथ बिद्यालयका प्रधानाध्यापक उत्तम कुमार खनाल ,गुरुकुल एकेडेमिका प्रधानाध्यापक डां कृष्णराज डिसि , गुरुकुल एकेडेमिका सहायक प्रधानाध्यापक मुकुन्द गिरी र बिद्यार्थि गौरव बोहराले लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । वार्षिकोत्सवको अवसरमा मन्टेस्वरीकाविद्यार्थीहरुले विभिन्न प्रस्तुतिहरु देखाएका थिए ।

प्रत्येक वर्ष विभिन्न विद्यामा उत्कृष्ट कार्य गरेको ब्याक्तिहरुलाई सम्मान गर्दै आएको एप्पल मन्टेस्वरीले यसवर्ष पनि शिक्षक तथा कर्मचारीहरुलाई सम्मान गरेको छ । यसरी सम्मानित हुनेहरुमा शिक्षिका रक्षा बुढाथोकि र सबिता खत्री रहेकी छिन् भने कार्यालय सहयोगी सम्झना चौधरी र सवारी चालक गिर बहादुर रोका रहेका छन् । सो अवसरमा मन्टेस्वरीका प्रधानाध्यापक गोमा पुरीले प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए । कार्यक्रमकको सहजीकरण विद्यालयकी शिक्षिका बन्दना बस्नेतले गरेकी थिइन ।

प्रतिकृया

प्रतिकृया