दाङ,
२२-चैत/ क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बालिका बलात्कार मुद्दामा बुधबार पनि जिल्ला अदालत काठमाडौंमा सुनुवाइ हुन सकेन । न्यायाधीश केशवप्रसाद घिमिरेको इजलासमा तोकिएको मुद्दा पेशीमा पछाडिको क्रममा रहेकाले सुनुवाइका लागि पालो नआएको हो । कार्यालय समयको अन्तिम समयमा मुद्दा केहीबेरमात्रै हेर्न सकिने अवस्था रहेको अदालतका एक कर्मचारीले बताए ।
क्रिकेटर लामिछानेका कानून व्यवसायीले केहीबेर सुनुवाइ गरेर हेर्दाहेर्दैमा राखेर निरन्तरता दिन आग्रह गरेका थिए । तर सरकारी वकिलले सुनुवाइ हुन नसक्ने भएपछि फेरि मुद्दाको पेशी तोकिनुपर्ने भनी इजलासको ध्यानाकर्षण गराएका थिए । यो मुद्दा अब कहिले सुनुवाइ हुन्छ भन्ने मिति तोकिएको छैन ।
प्रतिकृया