सल्यान,
२२-चैत/ सल्यानमा भरुवा बन्दुकको छर्रा लागेर एक बालिकाको मृत्यु भएको छ भने अन्य तिन बालबालिका घाइते भएका छन् । मृत्यु हुनेमा कालिमाटी गाउँपालिका ७ निवासी ९ वर्षीया पूजा घर्ती रहेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी निरीक्षक गोपाल श्रेष्लेठ बताए । बालिकालाई छर्रा लागेर घटनास्थलमै मृत्यु भएको प्रहरीले बताएको छ । घाइते हुनेमा ५ बर्षीया बालिका यमुना आले, ८ वर्षीय तेजेन्द्र आले र ३ वर्षीया देवी घर्ती रहेका छन् ।

घाइते मध्य यमुनाको अवस्था गम्भीर रहेको उनको थप उपचारका लागी काठमाडौ रेफर गरीएको छ । अन्य दुईजना भने उपचार पछी घर फर्किएको प्रहरीले बताएको छ । गत सोमबार बेलुका ६ बजेको समयमा स्थानीय बेलबहादुर आलेको घरको आँगनमा खेल्दै गरेका बालबालिकालाई भरुवा बन्दुकको छर्राले लागेको थियो । घटना कसरी भएको भन्ने नखुलेको र बेलबहादुरलाई पक्राउ गरेर थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

प्रतिकृया

प्रतिकृया