दाङ,
२-जेठ/ ईलाका प्रहरी कार्यालय भालुवाङले १५ गोलिया सिसौको काठसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा राप्ती गाउँपालिका वडा नं. ५ पहरुवा निवासी २४ वर्षीया शिव प्रसाद चौधरी रहेका छन् ।
चौधरीले लु १ त ८८५१ नं. को ट्याक्टरमा १५ गोलिया (४४) क्युफिट काठ लोड गरेर देउखुरी सामुदायिक वनबाट पहरुवा तर्फ जाँदै गरेको अवस्थामा सोमबार राती १० बजे प्रहरीले पक्राउ गरेको थियो । चौधरीलाई नियन्त्रणमा लिएर डिभिजन वन कार्यालय लमहीमा बुझाईएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
प्रतिकृया