तुलसीपुर,
१२-जेठ/ तुलसीपुर बसपार्कमा गरिएको चक्का जाम खुलेको छ । बिहीबार बिहान तुलसीपुरबाट पश्चिम तर्फ जाँदै गरेको स्कुटरलाई विपरित दिशाबाट आउँदै गरेको जीपले ठक्कर दिँदा बेलुवा निवासी ३७ वर्षीया सिता लम्सालको मृत्यु भएको थियो ।

लम्सालको मृत्यु पछि आफन्तहरुले क्षति पुर्तीको माग राख्दै आज बिहान तुलसीपुर बसपार्कमा चक्का जाम गरेका थिए । पीडक र पीडित पक्षबिच मृतकको परिवारलाई क्षतिपुर्ती दिने र स्कुटर मर्मत गरिदिने सहमति पछि चक्काजाम खुलेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरिक्षक नवराज केसीले जानकारी दिए । चक्काजाम खुलेसंगै यातायातका साधनहरु गन्तव्य तर्फ लागेका छन् ।

प्रतिकृया

प्रतिकृया