जाजरकोट
२९ असार / कृषि बिकास कार्यालय जाजरकोटको आयोजनामा मुख्यमन्त्री उत्कृष्ट पुरस्कार तथा कृषक प्रोत्साहन रकम वितरण गरिएको छ। कार्यक्रममा कर्णाली प्रदेश सरकार भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री भिम प्रकाश शर्माबाट मुख्यमन्त्री उत्कृष्ट पुरस्कार तथा प्रोत्साहान रकम वितरण गरिएको छ।
प्रदेश सरकारले कृषि ब्यबसायमा लागेका किसानलाई प्रोत्साहन रकम र मुख्यमन्त्री उत्कृष्ट पुरस्कार दिने योजनाले किसानलाई हौसला बढ्ने त्यहाँका किसानले बताएका छन। पुरस्कार ग्रहण गर्दै कृषक कमला वलीले आफु सम्मानित हुदा प्रदेश सरकारले कृषिपेसामा लागेका किसानलाई सम्मानित गर्दा गर्बको महसुस र झन हौसला बढेको बताईन।
उनले कृषि पेशालाई अपमानित पेशाको रुपमा हेरिरहेका वर्तमान अवस्थामा प्रदेश सरकारबाट थालनी गरेको कृषक सम्मान कार्यक्रमले कृषि पेसामा लागेका मात्रै हैन वैदेशिक यात्रामा जानसोचेका युवालाई पनि कृषि पेसामा आबद्ध हुन आकर्षण बढाएको बताईन।
कृषकलाई सम्मान गर्दै प्रदेश सरकार भूमि व्यवस्था कृषिको तथा सहकारी मन्त्री भिम प्रकाश शर्माले वास्तविक किसानलाई कुनै बन्द कोठामा सम्मान हैन खेतबारीमा नै गएर सम्मान गर्न सके कृषिमा थप प्रेरणादायी काम हुने भएकोले अब किसानलाई उनकै खेतबारीमा गएर सम्मान गर्ने बताएका छन।
कृषक अन्नदाता र पहिलो भूमि पुत्र भएकोमा गर्व गर्ने खालका कार्यक्रम आर्थिक बर्ष २०८०/०८१ को निति तथा कार्यक्रम र बजेटमा व्यवस्था गरेकोले अब काजमा अनुदान मिलाउने किसान हैन माटाको गरा मिलाउने किसान कार्यालय र अनुदान कार्यक्रम सम्मान हुने भएकोले त्यस्ता किसानको पहिचान गर्न निर्देश गरेका छन ।
उनले भने` एक जना घाइते योद्भा म कहाँ आएर हामी जस्ता ब्यक्तिलाई कृषिमा लाभान्वित हुने कार्यक्रममा सहयोग गर्न आग्रह गरेकोले अहिले प्रदेश सरकारले जनयुद्ध ,जनआन्दोलन,प्रदेश प्राप्ति आन्दोलनमा घाइते ,अपांगता भएका ब्यक्तिलाई कृषिकार्यक्रम मार्फत लाभान्वित हुने गरि कार्यक्रम तय गरेको छ। अब जनयुद्ध ,जनआन्दोलन र प्रदेश प्राप्ति आन्दोलनमा घाइते तथा अपांगता भएका योद्धाहरु प्रति सम्मान हुने जिकिर गरेका छन।
अहिले अनुदान प्रणालीलाई व्यवस्थित गर्न प्रदेश सरकारले एक उत्पादन अनेक स्वामित्वको निति लिएकोले कर्णाली उत्पादनमा आत्मनिर्भर बन्न सके बजारको समस्या नहरने ठोकुवा गरेका छन।मन्त्री शर्माले बेमौसमी तरकारी खेतीमा आधारित कृषक प्रोत्साहन ,तर्फ १९ जना कृषक,कलमि विरुवा बिक्रीको परिमाणका आधारमा प्रोत्साहन ७ जना ,मुख्यमन्त्री उत्कृष्ट सहकारी तथा कृषक सम्मान तथा पुरस्कार ४ जना र सहकारी तर्फ १ सहकारीलाई पुरस्कार तथा पोत्साहन रकम सहित सम्मान पत्रद्वारा सम्मानित गरेका थिए ।