प्रतिक्षा पौडेल
कालो रात,डर लाग्दो चित्कार अन्तरमनको, सन्त्राशमय वातावरण अनि उब्जिन्छन मनमा अनपेक्षित विकारहरु। चाहानाहरु सलबलाउन थाल्छन तछाड मछाडको गित गुनगुनाउदै।

अन्तरमनको तरङ्ग छिन्दै मन मौन बसिदिन्छ।अनि बिकराल रुपमा असरल्ल फिजिएका सपनाको बाकसमा ड्याम्म ताल्चा लाग्छ।
सलबलाइ रहेका चाहानाहरु सेलाउन थाले।आँखा अगाडि धामिला आकृतिहरु आउन थाले।

एक्कासि मनमा चाहानाहरु प्रतिको सामान्य टिप्पणीहरु हीनताबोध बाट अभिलिक्षित देखिन थाले। मैले आह्वान नै नगरेका सपनाहरुले मनमा तितो प्रश्न वाचक चिन्ह छोडेर जान थाले।डर थियो कतै पाइला नचिप्लियोस, कतै मन नहडबडाओस।


ADVERTISEMENT

  


 


आखाका डिल फुस्रा भएका देखिन थाले आसुले थियो या यिनै आखामा सजाएका सपनाले चिथोरेर बनाएका घाउ जस्ता।डर थियो, साहास सेलाउदै गए।पीडा भेटिन थाले प्रतिज्ञा हराउदै गए,अक्षर थिए,शब्द हराउदै गए।आशा उन्नतिको थियो तर अवनतिलाइ अङ्गाल्न पुग्थे।

विहे नगर्ने रहर त कहाँ हो र बाबा तर तिमी बाट छुट्टिने डर अनि तिमिले सराद्द नै गरेर मलाइ अर्काको घरमा अन्माउनु पर्ने कुरा सुनेर मलाइ बिहेको रहर भन्दा बढी तिम्रो कानुनी कढ्घरामा कैदी जस्तै उभिएर तिम्रा बिहेका तारिक बोक्न मै रमाइलो लाग्छ।

कसरी तिमी निर्धक्क सङ्ग मलाइ अर्कैले खोजेर ल्याएको तिमिले नै राम्रो सङ्ग बुझ्न नसकेको मान्छे सङ्ग अन्माइदिने कुरा सोच्छौ। कसरी तिमिले म त्यो घर गए पछि सुख पाउछु भन्ने कुरा सोच्न सक्छौ जबकी म आफ्नै जन्म दिएका बाबू आमाका मन देखि ठेक्का र बोझको रुपमा लिइएकी हुन्छु।

तिमिले कसरी सोच्न सक्छौ कि मेरा सपनाहरु अब उसै सङ्ग जोडिनु पर्छ भन्ने कुरा जबकी मैले एउटा सानो चकलेट माग्दा पनि तिमि लडबडाउने गर्छौ।अहिले सम्म तिमी सङ्ग नजोडिएका मेरा सपनाहरु कसरी जोडु म त्यो अपरिचित सङ्ग।आफ्नै बाबू आमाको काखमा रमाउन नसकेका मेरा सपना उस्को सामीप्यमा रमाउनुको साटो हराएर जाने छन।

बाबा के सच्चिकै मेरो उमेर भएको होरुएक चोटि हेर्नुहोस त हजुरको सागुरो भएको मनलाइ अनि विवाह पछिको उन्नतिलाई।हजुरका ती बोझिला आखाले हेर्ने हेराइको ढङ्ग देखेर म साच्चिकै तिम्रा लागि बोझ भएको अनुभुती गराउछ।

हजुरको बिहे पछाडिको उन्नति हो म।कम्सेकम त्यही उन्नतिलाई प्रगतीको एउटा फढ्को मार्न त दिनुहोस।मेरा जुरमुराउन लागेका चाहानाहरु मौन बसिदिन्छन हजुरहरुमा मेरो बिहे प्रतिको लगाब र अहिले पनि हजुर जिउदो देखिने पितृसत्तात्मक सोच देखेर।

कसरी बदलु म हजुरको सोचलाइ जो एकदम भयानक रोग हो छोरिहरुका लागि।दया लागेर आउँछ बाबा हजुर भित्र रहेको पितृसत्तात्मक सोचले भरिपुर्ण भएर द्दद्द औ सताब्दिमा उभिइरहेको पुत्ला देखेर।

सङै कि रिताको बिहे भएको देखेर हजुरलाई पनि मेरो बिहेको रहर नलागेको होइन त भन्दिन बाबा। हजुरले मात्र उस्को बिबाह तामझाम देख्नुभयो तर उसकै बाबुले जिन्दगीभर सय कडा ८ को दरले तिरिरहेको साहुको ब्याजलाई किन नदेखे झै गर्नु हुन्छ ।

बिहे पछि त्यही साथी मेरो घरमा आएर छिटो बिबाह नगर जिन्दगी बर्बाद हुन्छ न पढ्न पाइन्छ न त भबिस्य राम्रो हुन्छ भनेर कुरा गरेको सुन्दा पनि किन नसुने झै गर्नु हुन्छ।बाबा कसरी भुलु म तिमिले बचपनमा दिएका ती कहिले नबिर्सिने उपहारहरु जो आज सपनामा देख्दा पनि रोइरहेकी हुन्छु।

त्यो वर्षौ देखि खेलिरहेको आगन,लुकामारी गरेका ती घरका बार्दली,हजुरको हातको कुटाइ खादा लुक्ने आमाको पछ्यौरी,घरका छेउमा राखिएका आफुलाइ सगरमाथा चढेको अनुभुती गराउने ती परालका टाकुरा बाट टाढा जानू छ भने म स्वयंले आफुलाइ सम्हाल्न सक्ने हुन त देउ।

बिबाहको रहर नै नलागेको मन डरको गुजुल्टा भित्र यसरी हराएको छ डर छ फुत्किएर कुन कुनामा उछिटिन्छु।डर छ लथालिङ्ग भएर छरिएका कागजका पानाहरु जस्तै सधै थपिने तर कहिले स्थान नपाउने मेरा सपना थपिइ मात्र रहनेहुनकी कहिल्यै स्थान पाइदैनन कि भन्ने।

प्रतिकृया

प्रतिकृया