पूर्ण केसी (मुस्कान)
अहिले नेपाली चलचित्रको व्यापार ओरालो लागी रहेको छ । तर नेपाली कलाकारको भने खल्ति भरिभराउ छ ।

अहिलेका चल्तिका भनिएका नायक नायिकहरुको पारिश्रमिक उकालो लागिरहेको छ । चलचित्र वितरकदेखि हलसम्म तालमेल नमिल्दा अहिले राम्रा भनिएका चलचित्र पनि राम्रोसंग चल्न सकेका छैनन् ।

तर कलाकार भने महङ्गा भएका छन । अहिले महँगा नायकमा अनमोल केसी पहिलो नम्बरमा छन ।बाहिर अनमोलले एउटा चलचित्रको ५० लाख लग्छन्, भनेर चर्चा गरिएपनि बास्तवमा उनले अहिलेसम्म ४० लाख लिएर काम गरेको खुलेको छ ।

 



ADVERTISEMENT

  


 


यहि महिनाको अन्तिममा प्रदर्शनमा आउन लागेको चलचित्र ‘ए मेरो हजुर ३ ’ बाट उनले ४० लाख पारिश्रमिक बुझेका छन । अनमोल पछि सबैभन्दा धेरै पारिश्रमिक लिने नायक हुन प्रदिप खड्का । चलचित्र प्रेम गीतबाट एकाएक चम्केका र युवा पुष्तामा निकै रुचाईएका नायक खड्काको पारिश्रमिक २५ देखि ३५ लाखको हाराहारिमा छ ।

यस्तै अर्का चल्तीका नायक पल शाहले २० लाख सम्म पारिश्रमिक लिन्छन । शाह दाङकै कलाकार हुन । उनको क्रेज नेपाली सिनेमा बजारमा अहिले चुलिदो छ । यस्तै अभिनयमा अब्बल मानिने नायक विपिन कार्की महँगो पारिश्रमिक बुभ्ने मध्यका एक हुन । उनले राम्रो ब्रान्डको चलचित्रको लागी १८ लाख सम्म लिने गरेका छन् ।

यस्तै अभिनेता एवम् निर्देशक निश्चल बस्नेतले पनि १५ देखि १८ कै हाराहारीमा पारिश्रमिक बुभ्ने गरेको बताईएको छ । ए मेरो हजुर २ बाट चम्कीएका नायक सलिनमान बानियाँले पनि १५ देखि १८ कै डिमान्ड गर्ने गरेको निर्माताहरु बताउछन ।

नायिकाहरुमा सबैभन्दा धेरै पारिश्रमिक लिने नायिका हुन साम्राज्ञी राज्यलक्ष्मी शाह । उनले १४ लाख सम्म पारिश्रमिक लिने गरेको निर्माता बताउछन । शाह पछि महँगो पारिश्रमिक लिने कलाकार हुन नम्रता श्रेष्ठ ।

उनले चलचित्र प्रसाद बाट १४ लाख लिएको प्रसाद युनिट बताउछ । नायिका स्वस्तिमा खड्काले एउटा फिल्ममा अभिनय गरे वाफत ७ लाख सम्म लिने गरछिन । नायिका प्रियंका कार्कीले प्रमुख भुमिकाको लागी ५ लाख सम्म लग्ने गरेको फिल्म मेकर बताउछन ।

कलाकारको पारिश्रमिक अनुसार निर्माताको पनि कमाई त हुनुपर्ने हो । तर औँलामा गर्ने चलचित्र बाहेक अधिकाम्स चलचित्रहरु फल्बको सुचिमा सुचिकृत छन ।

जसले गर्दा निर्माताहरु मारमा परेको गुनासो गर्छन । बक्स अफिस सबै ठाउमा लागु नहुदा पनि निर्माताहरु मारमा छन ।

प्रतिकृया

प्रतिकृया